Logo

समाचार

४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रीपरिषद्को स्वीकृत



काठमाडौँ । ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न ४ वटा जलविद्युत् आयोजनालाई स्वीकृत दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रीपरिषद्ले सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना,

माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेती खोला जलविद्युत् आयोजनलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको हो ।

लामो समय देखि आयोजनाहरूले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृतका लागि माग गरिरहेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १८:३२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।