Logo

अर्थ

सेयर बजारमा भारी गिरावट, १४ अर्ब १६ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४२.५८ अंकले घटेर २,७२६ को विन्दुमा कायम भएको छ ।

आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।

आज १४ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १५:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।