Logo

राजनीति

गगन थापाले शुक्रबार मधेस प्रदेश कार्यसमितिको बैठकमा सम्बोधन गर्ने



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार बस्ने पार्टी मधेस प्रदेश कार्यसमितिको बैठकमा सहभागिता जनाएर सम्बोधन गर्ने भएका छन् ।

जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजना हुने बैठकमा फागुन ७ गते जनकपुरमा गर्ने मधेस सभाको तयारी, व्यवस्थापन तथा समन्वय सम्बन्धी विषयमा छलफल हुनेछ ।

मधेस प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई प्रभावकारी र व्यवस्थित बनाउन  सभापति थापाले निर्देशन मन्तव्य दिने तय भएको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।

बैठकमा मधेस प्रदेश अन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूलाई पनि बोलाइएको छ । कांग्रेस सभापति थापा फागुन २१ गते हुने निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बनेका छन् ।

उनी आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारका लागि सर्लाहीमा छन् ।कांग्रेसले फागुन ७ गते जनकपुरमा सभा गरेर औपचारिक रूपमा प्रचार प्रसारको सुरुवात गर्ने बताएको छ । त्यसको तयारीका लागि बैठक राखिएको हो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १७:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।