झापा । नेकपा एमाले केन्द्रीय सदस्य तथा अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले व्यक्तिगत र सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न आग्रह गरेका छन् ।
दमक–८ स्थित एमाले मनकामना टोल कमिटीले आयोजना गरेको टोल भेलालाई सम्बोधन गर्दै दाहालले गत भदौ २३ र २४ गतेको तोडफोड घटनामा उक्साहट गर्ने अदृश्य योजनाकारलाई मत दिन नहुने बताए । उनले अध्यक्ष ओलीको भूमिका स्थानीय विकासमा मात्र सीमित नभई राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणमा महत्वपूर्ण रहेको उल्लेख गरे ।
टोल भेलामा सहभागी कार्यकर्तासँगको छलफलमा दाहालले सूर्य चिन्हमा मतदान नगरेसम्म देश, क्षेत्र र टोलको विकास अधुरो रहने दाबी गरे । झापा–५ मा एमालेले वडा तथा टोल कमिटीमार्फत प्रचारप्रसार तीव्र बनाएको उनले जानकारी दिए ।





















प्रतिक्रिया