Logo

राजनीति

गगन थापाले कहिले नियुक्त गर्छन् मुख्यसचिव ?



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले निर्वाचन क्षेत्रमा काम गर्नका लागि आफूले बिहीबार पदबाट राजीनामा दिएको  बताएका थिए ।

पौडेलले राजीनामा दिएको ८ दिन बित्दासमेत सभापति गगन थापाले नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन् ।

कांग्रेसमा मातहतका निकायमा पत्राचार, बैठकका निर्णय सार्वजनिक गर्दा र सरकारी कार्यालयमा पत्राचार गर्दा मुख्यसचिवले हस्ताक्षर गर्छन् ।

तर, विज्ञप्ति र पत्राचारमा प्रवक्ता देवराज चालिसेले हस्ताक्षर गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १७:४३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।