Logo

राजनीति

एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश



सुर्खेत । नेकपा एमाले कालिकोटका नेता तथा राष्ट्रियसभाका पूर्वसांसद नरपति लुवार सुनारले पार्टी परित्याग गरेका छन् ।

आइतबार एक कार्यक्रमका बिच उनले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।

उनले एमाले पार्टी नभएर कम्पनीमा रूपान्तरण भएको भन्दै कसैको दास बनेर वा कम्पनीको करार कर्मचारीजस्तै भएर राजनीति गर्न नसकिएपछि पार्टी परित्याग गरेको बताए ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १७:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।