उनले भने, ‘अभियान बाढी हो, राजनीति समुन्द्र । अभियान राजनीतिसम्म पुग्दा संग्लिँदै शान्त हुन्छ।’
उनले राजनीतिमा पुस्तान्तरण अनिवार्य भएको बताए । उनले भने, ‘नेतृत्व आर्यघाटमा पुगेपछि हस्तान्तरण हुने अभ्यास छ। हालसम्म एमाले अपवाद थियो। केही नेता बिदा भएका छन्।
एमालेमा सम्मानजनक बिदाइको व्यवस्था थियो। ७० वर्ष , दुई पटक मात्रै कार्यकारी पद। विविध कारणले त्यो हटाइयो।’
उमेर हदको विषय अब राज्यकै कानुनमा व्यवस्था गर्नुपर्ने तर्क उपमहासचिव भट्टराईको छ । उनले भने, ‘अब राज्यकै कानुनमा त्यो व्यवस्था गर्नुपर्छ।
राजनीतिक दल सम्बन्धी ऐनमै यो व्यवस्था गरौँ। त्यसो हुँदा राजनीतिक दलमा अनिवार्य हुन्छ। जसले लोकतान्त्रिक हुन मद्दत गर्छ।’


















प्रतिक्रिया