Logo

राजनीति

रास्वपा उपसभापति नै कांग्रेसमा फर्किइन्, वैकल्पिक राजनीतिमाथि प्रश्न



जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। रास्वपाको आन्तरिक गतिविधि र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै शाही कांग्रेसमा फर्किएकी हुन्।

कांग्रेसमा पुनः प्रवेश गरेकी शाहीलाई पार्टीकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर स्वागत गरेकी हुन्। खड्काले शाहीको पुनरागमनले कांग्रेसको संगठनात्मक आधार थप मजबुत भएको सन्देश गएको बताइकी छन्।

नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाका अनुसार निर्वाचन केन्द्रित छलफलका क्रममा शाहीले रास्वपा परित्याग गर्ने निर्णय सार्वजनिक गरेकी थिइन्।

उनका अनुसार कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको हो।

चन्दननाथ नगरपालिका–५ की शाही यसअघि कांग्रेसमै सक्रिय राजनीतिमा संलग्न थिइन्। वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनी छोटो समयमै जिल्ला उपसभापति बनेकी थिइन्।

तर अपेक्षित राजनीतिक अभ्यास, स्थानीय एजेन्डामा स्पष्टता र संगठनात्मक स्थायित्व नदेखिएको भन्दै उनले दल परित्याग गरेको बताएकी छन्।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ०९:०८   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।