काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको डस्टबिनको फोहरमा सुन भेटिएको छ । डस्बिनको फोहोरबाट सुन निकालेर बाहिर लैजाने क्रममा एक जना सरसफाइको काम गर्ने कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रा.लि.मार्फत विमानस्थलको सरसफाइमा खटिइएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन् । उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार ती कर्मचारीले बाहिर लान लागेको फोहरको पोको स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन फेला परेको छ ।




















प्रतिक्रिया