काठमाडाैं । सानिमा बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले बैंकलाई प्रतिकित्ता १०० अंकित दरका २ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न माघ २१ गते अनुमति दिएको हो ।
बैंकले उक्त सेयर परिपत्र विधिबाट जारी गर्नेछ । यस अग्राधिकार सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश दर तोकिएको छ ।
अग्राधिकार सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।




















प्रतिक्रिया