Logo

अटो

दमौली बजारमा ‘ढकाल मोबाइल रिपेयर्स’ को नयाँ सेवा विस्तार, तालिमसमेतको व्यवस्था



दमौली, तनहुँ । मोबाइल प्रविधिको तीव्र विस्तारसँगै गुणस्तरीय मर्मत सेवाको माग बढ्दै गएको बेला दमौली बजारमा ढकाल मोबाइल रिपेयर्सले आफ्नो सेवा विस्तार गरेको छ ।

सबै प्रकारका स्मार्टफोन तथा सामान्य मोबाइलको बिक्री र मर्मत सेवा प्रदान गर्दै आएको ढकाल मोबाइल रिपेयर्सले ग्राहकको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै सेवा क्षेत्र विस्तार गरेको हो ।

ढकाल मोबाइल रिपेयर्सले स्क्रिन, ब्याट्री, चार्जिङ पोर्ट, साउन्ड, सफ्टवेयर तथा मदरबोर्डसम्बन्धी समस्या समाधानमा सेवा प्रदान गर्दै आएको छ ।

विशेषगरी आइफोन (iPhone) सम्बन्धी जटिल प्राविधिक समस्या समाधानमा दक्ष प्राविधिकमार्फत सेवा दिइँदै आएको कम्पनीले जनाएको छ ।

ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउनु नै आफ्नो प्रमुख लक्ष्य रहेको ढकाल मोबाइल रिपेयर्सका सञ्चालक प्रकाश ढकालले बताए ।

‘ग्राहकको विश्वास नै हाम्रो मुख्य पूँजी हो,’ उनले भने, ‘त्यसैले गुणस्तरीय पार्ट्स प्रयोग गर्दै उचित मूल्यमा सेवा दिन प्रतिबद्ध छौँ ।’

अनुभवी प्राविधिक, आधुनिक उपकरण र पारदर्शी सेवा प्रणालीका कारण ढकाल मोबाइल रिपेयर्सप्रति ग्राहकको आकर्षण बढ्दै गएको कम्पनीको दाबी छ ।

मोबाइल बिग्रिएर हैरान भएका दमौली तथा आसपास क्षेत्रका प्रयोगकर्ताका लागि ढकाल मोबाइल रिपेयर्स भरोसायोग्य सेवा केन्द्र बन्दै गएको बताइएको छ ।

मोबाइल मर्मत सेवाको क्षेत्रमा निरन्तर सुधार र विस्तार गर्ने लक्ष्यसहित कम्पनीले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार २१:१९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।