Logo

अन्तर्राष्ट्रिय

एक वर्षमा २४ हजारभन्दा बढी विस्फोटक पदार्थ नष्ट



काठमाडाैँ । अफगानिस्तानले सन् २०२५ मा २४ हजारभन्दा बढी बारूदी सुरुङ र युद्धका क्रममा यत्रतत्र विछ्याइएका विष्फोटक उपकरण नष्ट गरेको अधिकारीहरूले बताएका छन् ।

अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गर्दै स्थाथानीय सञ्चारमाध्यम टोलो न्यूजले बुधबार लेखेको छ, “प्रशासनले साझेदार सङ्गठनहरूको सहयोगमा सन् २०२५ मा देशका विभिन्न भागहरूमा २४ हजारभन्दा बढी बारुदी सुरुङ र युद्धका अन्य विस्फोटक अवशेषहरू पत्ता लगाएर निष्क्रिय पारेको छ।”

बारूदी सुरुङ सफाई अभियानले सार्वजनिक सुरक्षा सुधार गर्न र नागरिकहरूको लागि जोखिम कम गर्न विशेष गरी पहिले द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा महत्त्वपूर्ण भूमिका खेलेको रिपोर्टमा जनाइएको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँगको सहकार्यमा बारूदी सुरुङ निष्क्रिय पार्ने प्रयासलाई गति दिन र समुदायहरूलाई घातक खतराहरूबाट जोगाउन महत्त्वपूर्ण रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार २१:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।