Logo

अर्थ

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, ८ अर्ब ६१ करोडको कारोबार



काठमाडौं । आज (मंगलबार) पनि सेयर बजार घटेको छ ।  नेप्से परिसूचक १०.२५ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ ।

आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ६१ करोडको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १५:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।