Logo

समाचार

‘भ्यालेन्टाइन डे’को अवसरमा नर्भिक हस्पिटलले ल्यायो विशेष हेल्थ प्याकेज



काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले ‘भ्यालेन्टाइन डे’को अवसरमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको छ । भ्यालेन्टाइन डे को अवसरमा महिला र पुरुष दुवैका लागि विभिन्न प्रकारका स्वास्थ्य जाँचमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको हो ।

जसमा आरबीसी, सुगर फास्टिङ, लिपिड प्रोफाइल, टीएसएच, सोडियम, पोटासियम, क्रियाटिनिन, एसजीओटी, एसजीपिटी, युरिक एसीड, युरिन रुटिन, चेष्ट एक्सरे, युएसजी, इसीजी, इको, टिएमटी र चिकित्सकको परामर्श सहितको १८ प्रकारका परीक्षणमा ३० प्रतिशत छुटसहित १५ हजार ३३५ रुपैयाँको प्याकेज रहेको अस्पतालले जनाएको छ ।

यो विशष प्याकेज फागुन १० गतेसम्म लागु हुने जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १५:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।