काठमाडौं । काठमाडौँ क्षेत्र नं. ६ बाट नेपाली कांग्रेसका उम्मेदवार सबुज बानिया (कृष्ण)लाई वरिष्ठ हाँस्यकलाकार शैलेन्द्र सिंखडाले शुभकामना व्यक्त गरेका छन् ।
सिंखडाले सबुज बानियालाई डट्ने, खट्ने र कहिल्यै पछि नहट्ने व्यक्तिका रूपमा चित्रण गर्दै उनको विजयी भविष्यको कामना गरेका हुन् । “सिङ्गै रुख बोकेर हिँड्ने, कहिल्यै विश्राम नलिने मान्छे” भन्दै उनले बानियाको मेहनत, लगनशीलता र नेतृत्व क्षमताको प्रशंसा गरे ।
सुज–बुझसहितको सबुज बानिया (कृष्ण) जनताको सेवामा निरन्तर लागिरहने उम्मेदवार भएको उल्लेख गर्दै सिंखडाले आगामी निर्वाचनमा उनको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे ।




















प्रतिक्रिया