Logo

अर्थ

दुई कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न बोर्डसँग मागे अनुमति



काठमाडाैं । साहज उर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

साहज उर्जाले १ः१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । यो कम्पनीले माघ २३ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले पनि १ः१ अनुपातमै १ अर्ब ७९ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ८१ ह जार २११ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

कम्पनीले पनि माघ २३ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १७:१७   :  बजे

630
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।