काठमाडौं — एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीयका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
प्रतिशेयर १०० रुपैयाँ दर रहेको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयतर्फको निष्कासन छिटोमा फागुन २५ गते र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा फागुन १४ गते बन्द हुनेछ।
कम्पनीको शेयर बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।




















प्रतिक्रिया