Logo

अर्थ

ग्राण्ड सेन्ट्रल होटलले आईपीओ निष्कासन गर्ने



काठमाडाैं । ग्राण्ड सेन्ट्रल होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको छ ।

माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन २९ गते इटहरीमा रहेको होटलको परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभाबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोसँग सम्बन्धित आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको वार्षिक प्रतिवेदन तथा गत आवको सम्पूर्ण वित्तीय विवरणहरु समेत अनुमोदन गरिनेछ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार ११:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।