Logo

राजनीति

रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले फागुन ७ गते सार्वजनिक हुने निश्चित भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘फागुन ७ गते हामीले वाचापत्र सार्वजनिक गर्छौँ । सोही अनुसार पार्टी तयारी गरेको छ’, उनले भने ।

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक सूचना जारी गरेको थियो । अहिलेसम्म प्रमुख राजनीतिक दलहरूमा नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपालले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १७:१५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।