Logo

राजनीति

विकास कार्यक्रम कटौती गर्नु अनुचित : अध्यक्ष ओली



दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकारमा रहँदा विकास निर्माणका लागि छुट्याएको कार्यक्रम वर्तमान सरकारले हटाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

संसदबाट अनुमोदन भएको बजेटका विकास कार्यक्रम कटौती गर्नु अनुचित काम भएको उहाँको भनाइ छ ।

आइतबारबाट सुरु भएको दोश्रो चरणको मतदाता भेटघाटको क्रममा दमक ४ पुग्नु भएका अध्यक्ष ओलीले एमाले र एमालेका अध्यक्षसंग पूर्वाग्रही भएर विकासको कार्यक्रम कटौती गरिएको टिप्पणी गर्नुभयो ।

लोकतान्त्रिक धिमाल संघद्वारा संयोजन गरिएको भेटघाट कार्यक्रममा उहाँले धिमाल समुदायका संग्रहालय, ग्रामथान लगायतको विकासका लागि एमालेले प्राथमिकता दिएको बताउनुभयो ।

धिमाल समुदायको राजनीतिक पहुँच अभिवृद्धिका लागि एमालेले अगुवाइ गरेको अध्यक्ष ओलीको भनाइ छ । गत भदौ २३ र २४ गतेको घटना हुनुमा जेनजी युवापुस्ता भन्दा पनि अपराधी मानसिकताका घुसपैठियाहरुले घटना गराएको आरोप लगाउनुभयो । जेनजी पुस्ताको मागमा आफ्नो समर्थन भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १९:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।