Logo

राजनीति

रुकुम पूर्वको विकासको लागि म उम्मेदवार बनेर आएको हुँ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वको विकासका लागि आफू उम्मेदवार बनेर आएको स्पष्ट पारेका छन् ।

आज (आइतबार) उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ‘परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यसपटक आफू विकासका आएको बताए । उनले भने,‘यही ठाउँमा पहिले परिवर्तनको लागि बन्दुक बोकेको थिएँ, अहिले यहाँको विकासको लागि तपाइँहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु।

मत दिएर विजयी गराउनुहोला । म स्वाधीन समृद्ध नेपाल निर्माणका लागि भिजन लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १९:५०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।