Logo

राजनीति

राप्रपाको नवलपरासीमा चुनावी अभियान सुरु



बुटवल । नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले चुनावी अभियान सुरु गरेको छ । उपाध्यक्ष एवं पूर्व  मन्त्री ध्रुव बहादुर प्रधानले आज सुनवलको, बर्दगोरिया बाबाको दर्शन गरेर  घरदैलो अभियान सुरु गरेका हुन् ।

उनले सुनवनमा रहेको बर्दगोरिया बाबा हुँदै पाल्ली माता पाल्हिनन्दनको आशीर्वाद दिएर घरदैलो अभियान सुरु गरेका छन् । पूर्व प्रहरी प्रमुख समेत रहेका प्रधान २०७९ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक पनि उनी यस क्षेत्रबाट उम्मेदवार बनेका छन्।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रूपमा प्रचारप्रसार गर्ने पाइने व्यवस्था अनुसार राप्रपाले घरदैलो अभियान सुरु गरेको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १८:२८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।