Logo

अर्थ

माछापुच्छ्रे बैंकले पायो ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति



काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो ।

अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ । माछापुच्छ्रे बैंकले यो अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ ।

माछापुच्छ्रे बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १२:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।