Logo

प्रमुख समाचार

प्रतिज्ञापत्र सार्वजनिक सभामा १ लाख समर्थक उतार्ने कांग्रेसको दाबी



काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार पारेको प्रतिज्ञापत्र सार्वजनिक गर्ने सभाको तयारी पूरा भएको जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले मधेश प्रदेशस्तरीय सभामा १ लाखभन्दा बढी समर्थककाे सहभागिता हुने जानकारी दिए ।

सभापति गगन थापासहितका केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने सभा कांग्रेसको पहिलो चुनावीसभा समेत हो ।

‘हामीले प्रदेशका ८ जिल्लाका जिल्लाका सङ्गठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,’ यादवले पत्रकार सम्मेलनमा भने, ‘यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’

 

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १६:४५   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।