Logo

राजनीति

दुर्गा प्रसाईं समूहका एसपी शाह पनि पक्राउ



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहमा आबद्ध सुनिल प्रसाद(एसपी) शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ पक्राउ परेपछि उनको पक्राउको विरोधमा शाहले गाडी आगजनी गर्न र भिडियो खिचेर पठाउन समर्थकहरूलाई निर्देशन गरेका थिए।

उनलाई बबरमहलबाट मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले  बताए । शाह बाराका स्थानीय हुन् । यसअघि साेमबार प्रहरीले प्रसाईंलाई पक्राउ गरेकाे थियाे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार २१:१२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।