Logo

अर्थ

सेयर बजारमा दोहोरो अंककाे गिरावट, ६ अर्ब ६९ करोडकाे काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएकाे छ ।

बजारमा आज ३४ कम्पनीको सेयर मूल्य बढेकाे छ भने २२० कम्पनीको घटेको छ । आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज बजारमा ६ अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ ।

यसैगरी आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमएका छन् । यस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १५:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।