सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिएका छन्।
उनी पार्टीको संस्थापक जिल्ला सभापति हुन्।
उनले सामाजिक सञ्जालमा लेख्दै भने,’यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन नसकिएको जानकारी गराउँदै सोको सम्पूर्ण जिम्मा लिँदै आजकै दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिको पदबाट राजीनामा प्रदेश सभापति समक्ष पेश गरेको छु ।’





















प्रतिक्रिया