बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिनुभयो ।
जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्द«े हुँदै बारपाकमा हाइटेन्सनलाइन विस्तार गरी विद्युत् प्रवाह गरिएको उहाँले बताउनुभयो । “बालुवाबाट बारपाकसम्म करिब १० किलोमिटर लाइन विस्तार गरी विद्युत् लाइन जडान गरिएको हो”, प्रमुख न्यौपानले भन्नुभयो, । “११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म विद्युत् विस्तारका लागि ग्रामीण विद्युतीकरण तर्फको रु तीन करोड खर्च भएको छ ।
लाइन विस्तारका लागि बालुवादेखि बारपाकसम्म मुख्य लाइनमा २५५ वटा र शाखा लाइनमा ५९० वटा फलामे पोल गाडिएको छ । बारपाकसम्म लाइन विस्तारका लागि लाङ्गाली सप्लायर्स एण्ड निर्माण सेवा धादिङसँग २०७५ सालमा सम्झौता भएको थियोे । यता गाउँमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि स्थानीयवासी खुशी भएका छन् ।





















प्रतिक्रिया