काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५४० रुपैयाँमा झरेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया