Logo

अर्थ

एकैदिन १२ हजार ५ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५४० रुपैयाँमा झरेको छ ।  गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १०:५७   :  बजे

378
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।