Logo

अर्थ

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा दोस्रो मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत मा दायर गरेको मुद्दामा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

अख्तियार स्रोतका अनुसार विमानस्थल निर्माणका क्रममा राजस्व छुट, लागत निर्धारण तथा ठेक्का व्यवस्थापनमा अनियमितता भएको आशंकामा थप अनुसन्धानपछि दोस्रो मुद्दा अघि बढाइएको हो । यसअघि आयोगले पहिलो मुद्दा दायर गर्दा पनि यही परियोजनासँग सम्बन्धित राजस्व छुटलगायतका विषयमा थप अनुसन्धान भइरहेको उल्लेख गरेको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १४:५९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।