Logo

अर्थ

ग्लोबल मनी विकको अवसरमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा “Smart Money Talks” भन्ने नाराका साथ देशका विभिन्न ४४ स्थानहरुमा चैत्र २ देखी ८ गतेसम्म विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो ।

उक्त कार्यक्रमहरु कोशी प्रदेशको इटहरी, भोजपुर, बिराटनगर, बरगाछी, बिर्तामोड, इलाम, दमक र फिदिम, मधेस प्रदेशको सिमरा, बर्दिबास, बिरगञ्ज, चन्द«निगाहापुर, राजगढ, पिडारी चौक र जनकपुर, बागमति प्रदेशको पाटन, धादिङ, नारायणगढ र हेटौंडा, गन्डकी प्रदेशको दुलेगौंडा, पोखरा, आबुखैरेनी, बेसीशहर, दमौली, वालिङ, कावासोती, बिरौटा र शिशुवा, लुम्बिनी प्रदेशको सुनछहारी, दाङ, बुटवल, भैरहवा, सन्धिखर्क, लमही र रामपुर बजार, कर्णाली प्रदेशको सुर्खेत र चामुण्डा, सुदुर पश्चिम प्रदेशको धनगढी, गन्यापधुरा, डडेलधुरा, महेन्द्रनगर, शिबनाथ, अत्तरीया र टिकापुर लगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रममार्फत ३००० भन्दा बढी विद्यार्थी तथा युवाहरु लाभान्वित भएका थिए ।

नेपाल एसबिआई बैंक लि.ले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ११:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।