Logo

समाचार

भूमि प्रशासन निर्देशिका संशोधन, भू-सेवा केन्द्र सञ्चालन गर्न अनुमति लिनुपर्ने



काठमाडौं । सरकारले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतप्राप्त कम्पनीले भू-सेवा केन्द्र सञ्चालन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो।
मालपोत नियमावली अनुसार भू-सेवा केन्द्र सञ्चालन गर्न अनूमति लिन चाहने इजाजत प्राप्त व्यक्तिले धरौटी बुझाई निवेदन दिन सक्नेछन्।
भूमि व्यवस्था तथा अभिलेख विभागमा निवेदन दिएकाले भू-सेवा केन्द्र सञ्चालनको अनुमति पाउनेछन्। भू-सेवा केन्द्र सञ्चालनको अनुमति प्राप्त गर्ने व्यक्तिले घरजग्गाको कारोबार गर्ने क्षेत्र र सीमा मालपोत नियमावलाी अनुसार हुनेछ।

 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।