काठमाडौं । भदौ २३–२४ गते भएको हिंसात्मक प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले दुई दिनमा करिब ८५ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ।
प्रतिवेदनअनुसार सामाजिक सञ्जालका २६ प्लेटफर्ममा लगाइएको प्रतिबन्धले युवाहरूको रोजगारी गुम्दा आक्रोश बढेर आन्दोलन हिंसात्मक बनेको उल्लेख छ। आगजनी र तोडफोडका कारण सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ।
आयोगले भ्रष्टाचार, बेरोजगारी र आर्थिक असमानता विद्रोहका मुख्य कारण भएको औंल्याउँदै सुधार नगरे यस्ता घटना दोहोरिन सक्ने चेतावनी दिएको छ। साथै, युवाकेन्द्रित आर्थिक नीति ल्याउन सरकारलाई सुझाव दिएको छ।





















प्रतिक्रिया