काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक १४.२१ अंकले बढेर २,९५० को विन्दुमा कायम भएको छ ।
आज १७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज १३ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ९४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ७१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी र होटल फरेष्टका लगानकिर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया