Logo

अर्थ

तोलामा ५ हजार ६ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ११:१५   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।