Logo

अर्थ

तोलामा ५ हजार बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेको हो । चाँदीको मूल्य ४ हजार ७ सय २० रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ११:३०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।