Logo

बैंकिङ

सिद्धार्थ बैंकले मनायो विश्व पानी दिवस



काठमाडौं । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा ‘वाक फर वाटर, वाक फर लाइफ’ वाकाथन आयोजना गरेको छ ।
पानी दिवसको अवसरमा गत वर्ष सुरु गरिएको वाकाथन कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि कार्यक्रम आयोजना गरेको हो ।
विश्वव्यापी नारासँग ऐक्यबद्धता जनाउँदै सुरक्षित पानी र सरसफाइको पहुँच सुनिश्चित गर्नुका साथै लैंगिक समानता प्रवर्द्धन गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
पानीको सदुपयोग, सरसफाइ र लैंगिक समानताको महत्त्व झल्काउने प्लेकार्डसहित नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरीधारा हुँदै पुनः नक्सालसम्म ५ किलोमिटरसम्मको वाकाथन आयोजना गरिएको थियो।
बैंकले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई वाकाथनमा सहभागिताका लागि आह्वान गरेको थियो । ६९७ भन्दा बढी व्यक्ति सहभागी भएका यस कार्यक्रममा २६४ जना महिला र ४३३ जना पुरुषहरू रहेका थिए ।
हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्वलाई उजागर गर्दै पानी स्रोतको दिगो व्यवस्थापनका लागि विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ।
सुरक्षित पिउने पानीमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने उद्देश्यले विश्व पानी दिवसको अवसरमा चालु आर्थिक वर्ष भित्र देशभरका सार्वजनिक स्थानहरूमा ९ वटा पानी शुद्धीकरण (वाटर प्युरिफायर) प्रणालीहरू स्थापना गर्नुका साथै जलस्रोत वरपर सरसफाई अभियान सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।
यस पहलमार्फत सर्वसाधारणलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउँदै जनस्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्‍याउने तथा नाराले जोड दिएको समावेशी पहुँचलाई सुदृढ बनाउने लक्ष्य बैंकले राखेको छ ।

https://nepalipaisa.com/news-detail/90310

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १८:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।