Logo

विविध

सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न



काठमाडौं ।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न भएको छ । बिहीबारबाट सुरु भएको रथयात्रा आज लगनमा रहेको रथबाट देवताको मुर्ति झिकेर खटयात्रा गर्दै जनवहालमा लगेसँगै रथयात्रा समापन भएको छ ।

सेतो मछिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, जनबहाल हुँदै लगनसम्म पुर्याइएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १९:०८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।