Logo

अर्थ

तोलामा २ हजार ५ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७०० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार ११:२६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।