Logo

समाचार

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो



काठमाडौं । सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । सोही क्रममा कर्णालीका संसदहरुलाई पनि प्रधानमन्त्री कार्यलय बोलाइएको थियो ।

तर समानुपातिक सांसदहरुलाई गेटबाटै फिर्ता पठाइएको भन्दै नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विश्वकर्माले दुख व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा निर्धारित समयमा पुगेपनि सहभागी हुन नपाएको उनको गुनासो छ ।

‘आज प्रधानमन्त्री बालेन्द्र साहले कर्णालीका संसदहरुलाइ प्रधानमन्त्री कार्यलयमा बोलाएर छलफल गर्दै हुनुहुन्छ । त्यहाँ सामाणुपातिक प्रणालीबाट गएका संसदहरुलाई गेटबाटै फर्काइयो । जो अपमानको सिकार म आफू पनि भएँ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘विश्वमा भएका निर्वाचन प्रणालीहरु मध्यमा हाम्रो देशमा मिश्रित निर्वाचन प्रणाली छ, जो मध्य संविधानतः ६० प्रतिशत प्रत्यक्ष हो भने ४० प्रतिशत सामानुपातिकबाट निर्वाचित आउने हो ।

निर्वाचन प्रणाली मात्र फरक हो संसदको प्रमाणपत्र र शपथ खाइसके पछि । सबै जनाप्रतिनिधिसभा सदस्यको भूमिका हुन्छन् । प्रधानमन्त्रीज्यूले गरेको यो अपमान को मूल्य उहाँलाइ चर्को पर्न सक्छ ।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १९:२७   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।