Logo

शिक्षा

शिक्षा मन्त्रालयले फेरि राख्यो ब्रिज कोर्स र तयारी कक्षा बन्द गर्ने सूचना



काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सूचना पुनः प्रकाशित गरेको छ।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्नेबारे आइतबार जारी गरेको सूचना मन्त्रालयले सोमबार बिहानै हटाएको थियो।

सोमबार बिहान हटाइएको सूचना सोमबार साँझ मन्त्रालयले पुनः जारी गरेको ह ।

सूचनामा आगामी २०८३ साल वैशाख १ गतेदेखि त्यस्ता कक्षाहरु पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

भनिएको छ- ‘विद्यालय तहका यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने र अभिभावक तथा विद्यार्थीमा अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ।’

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ०७:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।