Logo

अर्थ

भारतबाट उच्च दरमा बढेर आयो इन्धनको मूल्य, आयल निगमले बढाएन



काठमाडौं।  इण्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वाभाविक उछालका कारण आईओसीले निगमलाई सबै खाले इन्धनको मूल्य बढाएको छ।
नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ मूल्य बढेर प्राप्त भएको छ। यसैगरी एलपी ग्यासमा प्रतिसिलिण्डर १९० रुपैयाँ बढेर आएको छ।
भारतबाट मूल्य बढेर प्राप्त भए पनि नेपाल आयल निगमले भने तत्कालका लागि नेपाली बजारमा मूल्य नबढाउने  निर्णय गरेको छ।
निगमले मूल्य स्थिरीकरण कोष र आफ्नो सञ्चित नाफाको प्रयोग गरेर उपभोक्तालाई थप भार नदिने नीति लिएको हो।
पेट्रोल, डिजेल र ग्यासको भाउ नबढाए पनि निगमले हवाई इन्धनको भने बढाएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँ बढेर २५१ रुपैयाँ पुगेको छ।

 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ०७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।