Logo

मनोरञ्जन

‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डीगो ओटीटी प्लेटफर्ममा हेर्न सकिने



काठमाडौं । नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व। उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र दिमाग घोच्ने मान्छे अब आधिकारिक रूपमा डीगो ओटीटी प्लेटफर्ममा हेर्न सकिने भएको छ।

यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश उज्वल थापा फाउन्डेसनलाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ। यस पहलले उज्वल थापाले सुरु गरेको सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ।

एक पुस्तालाई झक्झक्याउने कथा
दिमाग घोच्ने मान्छेू ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ। दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो।

प्रसारण तथा शुल्क विवरण
नेपाल र विश्वभर रहेका दर्शकहरूले डी गो ९म्न्०० को एप मार्फत यो वृत्तचित्र हेर्न सक्नेछन्। विभिन्न क्षेत्रका लागि शुल्क निम्नानुसार तय गरिएको छस्
नेपाल:१९९
अमेरिका र अष्ट्रेलिया:$४.९९

बाँकी विश्व: $२.९९

यो फाउन्डेसन उज्वल थापाको विचार र सपनाहरूलाई जीवित राख्न स्थापना गरिएको हो, जसले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १२:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।