काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले व्यवसायी अजेयराज सुमार्गी माथि पुनः अनुसन्धान अघि बढाएको छ।
विभागका स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अर्का व्यवसायी दीपक भट्ट पक्राउ परेपछि सुमार्गीमाथि पनि छानबिन तीव्र बनाइएको हो।
प्रारम्भिक रूपमा दुवैलाई सँगै कारबाही गर्ने तयारी भए पनि चरणबद्ध रूपमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
सुमार्गीमाथि विगतमा पनि अनुसन्धान सुरु भए तापनि विभिन्न कारणले प्रक्रिया रोकिँदै आएको थियो।
सर्वोच्च अदालत ले यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो।
विभागले हाल सुमार्गीको सम्पत्तिको स्रोतबारे छानबिन गरिरहेको जनाएको छ। यसका लागि अनुसन्धान अधिकृतको टोली परिचालन गरिएको छ।





















प्रतिक्रिया