Logo

सुरक्षा / अपराध

विद्यालयको विभिन्न धनमाल चोरी



कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका-७ मोतिपुरस्थित जनज्योति माध्यामिक विद्यालयबाट ९ थान कम्प्युटरको मनिटर, १ थान प्रिन्टर र १ थान ल्यापटप बिहीबार चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार