Logo

अर्थ

कामना सेवा विकास बैंकको अग्राधिकार नेप्सेमा सूचीकृत



काठमाडाैं । कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार सेयर नेपाल स्टक एक्सेचञ्ज (नेप्से)मा सूचीकुत भएको छ । नेप्सेमा बैंकबाट जारी भएको प्रतिसेयर अंकित मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार सेयर चैत २३ गते सूचीकृत भएको हो ।

उक्त अग्राधिकार सेयर चैत २४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार १७:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।