काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ‘विकास ऋणपत्र–२०८८’ बिक्री गरेर ऋण उठाउने भएको हो ।
सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ ।
उक्त ऋणपत्र ६ वर्षे अवधिको हुने छ । ऋणपत्रको बोलकबोल चैत २५ गते हुने तय गरिएको छ भने चैत २६ गतेदेखि निष्कासन हुने भएको छ ।





















प्रतिक्रिया