Logo

अर्थ

तोलामा ७ हजार २ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार ११:१९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।