काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो ।
मन्त्रालयले यात्रुबहाक सवारीसाधनको हकमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको हकमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्न सहमति दिएको छ ।
विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको विभाग स्रोतले बतायो । यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ ।





















प्रतिक्रिया